Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताएका छन् ।

शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।

‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने ।

उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रले जसोतसो भएपनि लगानी गरिरहेको भन्दै जेनजी आन्दोलनले आफैले आफैलाई फर्केर हेर्न बाध्य बनाएको बताए ।

उनले निजी क्षेत्रमा पटक पटक प्रहार हुँदा पनि दरिलो र जिम्मेवार बनेको भन्दै निजी क्षेत्रले पनि आफ्नो समिक्षा गरिरहेको बताए ।

‘निजी क्षेत्रको उदेश्य भनेको सेवा दिएर नाफा कमाउनु हो । तर यसको फरक बुझाइका कारण बारम्बार निजी क्षेत्रमा प्रहार हुने गरेको छ । तर पनि निजी क्षेत्र दरिलो र जिम्मेवार छ ।

हामी समिक्षा गर्दैछौं कहाँ चुक्यौ भनेर,’ उनले भने, ‘जेनजी आन्दोलनमा लुटपाट, आगजनी गर्नेलाई सरकारले कारबाही गरेर अगाडि बढ्न आवश्यक छ । निजी क्षेत्रको भावनालाई सरकारले बुझेको छ भन्ने आशा लिएका छौं ।’

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...