Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

 

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।

उनले भने,‘प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ । अर्थ मन्त्रालयमा पनि यहाँहरुले देख्नुभएकै छ–भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको छ ।’ त्यस्तै उनले आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनेगरी कर तिर्ने विन्दुहरुलाई विस्तार गरिएको जानकारी दिए । ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नम्बर लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको उनले बताए ।

उनले भने,‘आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनुपर्छ भन्नको लागि कर तिर्ने विन्दुहरुलाई विस्तार गर्दै लगेर ७५३ नगरपालिकामा एक वर्षभित्रै पुग्ने र तत्काल पुग्न नसक्ने भएकाले ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नं लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो तत्कालको सुधार हो ।’

निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार भएको बताउँदै उनले निजी क्षेत्र र सरकार सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

 

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...