CG Electronics
Ncell NPL
NIMB

आयु इन्टरटेन्मेन्ट लिमिटेड (फिस्टेल ड्रिम पार्क) ले आईपीओ निष्काशनका लागि नेपाल लाइफ क्यापिटल नियुक्त

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकीय नगरी पोखरामा अवस्थित फिस्टेल ड्रिम पार्कका लागि सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत बराबरको शेयर प्रति शेयर रु. १०० अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता मंसिर ०३ गते, बुधवार, नेपाल लाइफ क्यापिटल लिमिटेड, कमलपोखरीस्थित कार्यालयमा सम्पन्न भएको थियो। सम्झौतापत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष श्री कदम के.सी. र नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेले हस्ताक्षर गर्नुभएको छ।

सारथी ग्रुप लगायतका अन्य लगानीकर्ताको सहभागिता रहेको फिस्टेल ड्रिम पार्कमा देशका प्रतिष्ठित उद्यमीहरू र पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरूको पनि लगानी रहेको छ। करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त मनोरञ्जनस्थलको रूपमा विकसित गरिएको छ।

फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल, साहसिक गतिविधि (एड्भेञ्चर) लगायतका विविध मनोरञ्जन सुविधाहरू उपलब्ध छन्। कम्पनीले यसलाई नेपालकै सबैभन्दा ठूलो मनोरञ्जन पार्कका रूपमा विकास गरेको जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ), निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन, तथा निष्काशन र बिक्री प्रबन्धन सम्बन्धी सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

 

 

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...