IME Life
NIMB

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

NIMB
Himalayan Bank

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् ।

पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि भनेका छन् ।

उनले भने, ‘भोली ११ बजे भृकुटिमण्डपमा हामी प्रस्तुत हुँदैछौं । विभिन्न उपत्यका आसपासका जिल्लाहरुबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता कार्यकर्ता भृकुटीमण्डपमा जम्मा गर्दैछौ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराएर छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताए हुन्छ ।’

यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर विताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘राजनीतिले मलाई अचानो बनायो भनि रहनु भएको छ । विचरा आमै अचानो नबन्नुहोला । रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउनु होला । उतै छोराछोरीको सेवा गर्नु । सरकार चलाउने काम राजनीति दलहरुले गर्ने हो । राजनीति नेताहरुले गर्ने हो, तपाई उतै जानुस ।’

उनले प्रधानमन्त्री कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी पनि गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पु¥याउन खोजे पनि अब नेसनल युथ भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए ।

 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...