CG Electronics
IME Life
Ncell NPL

पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो : मन्त्रि घिसिङ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् ।

बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् ।

उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ । यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन ।

लामो समयको निराशा,आक्रोसको बिस्फोटन थियो । किन यो जन्मियो त भनेर खोज्ने हो भने देशमा राजनीति र सिस्टममा परिवर्तन धेरै देख्यौं । तर,त्यसपछिको विकासको एजेण्डामा नेतृत्व दिन हरेक पटक असफल हुँदै गयो ।

विगतका राजनीतिक नेतृत्वहरु धेरै सफल हुनुभयो तर,सफल विकासको सन्दर्भमा सफत नेतृत्वकर्ता हुन सक्नुभएन ।’
त्यस्तै मन्त्री घिसिङले ठूलो चुनौतीको बीचमा आफूले मन्त्रीको भूमिका निभाएको स्मरण गरे ।

देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लानुपर्छ भन्ने लागेर आफूले मन्त्रिको जिम्मेवारी लिन तयार भएको उनी सुनाउँछन् ।

‘ठूलो चुनौतीको बीचमा मैले एउटा मन्त्रीको भूमिका निभाएर आएको हुँ । जिम्मेवारी लिनुपर्यो भन्दापनि पछाडी हट्ने अवस्था मैले पनि अनुभूति गरेको थिए । मैले एउटा देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई एउटा सेफ ल्यान्डिङमा लानुपर्छ । निकास दिनुपर्छ भनेर यो सरकारमा मन्त्रिको जिम्मेवारी लिएको हुँ ।’

पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारल त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे ।

उनले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएको भन्दै तोकिएको समयमै निर्वाचन हुने दावी गरे ।

 

 

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...