CG Electronics
IME Life
Ncell NPL

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृङ्खला ‘जर्मसेफ®’(GermSafe®) सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधि सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार जर्मसेफ® को प्रभावकारिता NABL-मान्यता प्राप्त प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा ISO 22196 (JIS Z 2801) मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण गरिएको छ। परीक्षणमा ३.५८ को ‘R value’ प्राप्त भएको छ, जसले अर्थ २४ घण्टाभित्र ब्याक्टेरियाको चाप ९९.९% भन्दा बढीले घट्ने देखाउँछ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला (ISO/IEC 17025) को कार्यक्षेत्रभित्र गरिएको यस परीक्षणले यसको उच्च एन्टिब्याक्टेरियल कार्यक्षमता पुष्टि गरेको छ।

जर्मसेफ® टायल नेपाल गुणस्तर NS 617 अन्तर्गत Group B Ia (पूर्ण भिट्रिफाइड वर्ग) मा उत्पादन गरिएको हो, जसको जलअवशोषण ०.०८% वा सोभन्दा कम रहेको छ। यस प्रकारको घना र छिद्रमुक्त बनावटले सूक्ष्मजीवहरूलाई फैलिन र टिक्न संरचनागत रूपमा सीमित गर्छ। कम्पनीका अनुसार जर्मसेफ® मा प्रयोग गरिएको एन्टिब्याक्टेरियल तत्व उत्पादन प्रक्रियाकै क्रममा टायलको ग्लेजमा फायर गरिएको हुन्छ। सतहमाथि मात्र लगाइने कोटिङ वा फिल्म समयसँगै कमजोर हुने सम्भावनाको विपरीत, यस्तो विधि अपनाइँदा सतहको कार्यसम्पादन दीर्घकालसम्म प्रभावकारी रहने कम्पनीको दाबी छ।

यो शृङ्खला ग्लेज्ड भिट्रिफाइड टायल (म्याट र ग्लोसी) तथा फुल-बडी होमोजिनियस स्वरूपमा उपलब्ध छ। विशेषगरी अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला, व्यावसायिक भान्सा, होटललगायत उच्च स्वच्छता आवश्यक पर्ने क्षेत्रहरूका साथै आवासीय प्रयोगमा पनि यसको उपयोगिता रहने कम्पनीले जनाएको छ।

लामिनारका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने, “जर्मसेफ® मार्फत हामी नेपालमै उत्पादन भएको, अन्तर्राष्ट्रिय रूपमा मान्य मापदण्डअनुसार परीक्षण गरिएको भरपर्दो एन्टिब्याक्टेरियल सतह समाधानमध्ये एक प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं। यो पहलले नेपाली निर्माण क्षेत्रमा विश्वस्तरका कार्यसम्पादन मापदण्ड स्थापित गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ।”

जर्मसेफ® टायल स्पेसिफिकेशन तथा परियोजना प्रयोजनका लागि तत्काल उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाल मेडिकल शो अवधिभर ल्यामिनारको प्राविधिक टोली स्थलमै उपस्थित रहने र स्वास्थ्य क्षेत्रका पेशाकर्मी, परियोजना परामर्शदाता तथा संस्थागत खरिदकर्तालाई आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउने बताइएको छ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...