CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ मोडिने तयारी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ मोडिने तयारी

मकवानपुर । हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वैकल्पिक मार्गका रूपमा तयार पारिएको बाइपास खण्डमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको र निर्माण कार्य निरन्तर जारी रहेको जनाएको छ ।

रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९.५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन निर्माण गरिएको बाइपास रोड ३ किलोमिटर लम्बाइको रहेको डिभिजनले जनाएको छ ।

डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्थापन मिलाउने जस्ता काम अघि बढाइरहेको छ । सो क्षेत्रमा रहेका ५३१ संरचनामध्ये धेरैलाई सूचना दिएर हटाउने प्रक्रिया सुरु गरिएको छ ।

डिभिजनका इञ्जिनियरका अनुसार बजार क्षेत्रमा बढ्दो जाम हटाउन बाइपास मार्गलाई प्राथमिकताका साथ व्यवस्थित गरिँदैछ। प्राविधिक काम सकिएलगत्तै सवारी साधनलाई चरणबद्ध रूपमा बाइपासमार्ग हुँदै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यद्यपि केही स्थानमा स्थानीयवासीले मुआब्जा तथा संरचना हटाउने विषयमा असन्तुष्टि जनाएपछि काम केही अन्तरालमा प्रभावित भएको बताइएको छ। तर, डिभिजनले सबै प्रक्रिया कानुनी तथा प्राविधिक ढंगले अघि बढाइने र प्रभावितलाई सम्भव सहयोग प्रदान गरिने उल्लेख गरेको छ ।

सडक डिभिजन कार्यालयले निर्माण कार्यका कारण अस्थायी रूपमा वैकल्पिक मार्ग प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ। १५ दिने सूचना अवधि सकिएपछि भोलिदेखि सडक विस्तारको काम औपचारिक रूपमा सुरु हुने डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार हेटौँडा बजार क्षेत्रभित्र चल्ने साना सवारी, अटो, मयुरी रिक्सालगायतका साधनलाई पनि बाइपासमार्गतर्फ मोडिने तयारी गरिएको छ, जसले बजारभित्रको भीडभार उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ ।

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...