CG Electronics
IME Life
Ncell NPL

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको लकर सेवा अन्य शाखामा स्थानान्तरण

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्ना केही शाखामा सञ्चालनमा रहेको सुरक्षित निक्षेप लकर सेवा स्थानान्तरण गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ललितपुर र काठमाडौंका केही शाखामा रहेको लकर सेवा नजिकैका अन्य शाखामा सारिनेछ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थालाई जारी गरिएको परिपत्रअनुसार उक्त निर्णय गरिएको हो। यससम्बन्धी सूचना यसअघि राष्ट्रिय दैनिक पत्रिकामार्फत पनि प्रकाशित गरिएको बैंकले जनाएको छ।

सूचनाअनुसार हाल ती शाखामा रहेका लकर प्रयोग गर्ने ग्राहकहरूले २०८२ साल फागुन २९ गते (१३ मार्च २०२६) भित्र आफ्नो लकरमा रहेका सामान झिकेर सुरक्षित गर्न बैंकले आग्रह गरेको छ। तोकिएको समयभित्र लकर खाली नगरिए स्थानान्तरणका क्रममा सामानमा क्षति वा नोक्सानी भएमा बैंक जिम्मेवार नहुने बैंकले स्पष्ट पारेको छ।

बैंकका अनुसार लकर सेवा ललितपुरको कुमारिपाटी शाखाबाट लगनखेल शाखामा (करिब २०० मिटर), ललितपुरकै जावलाखेल शाखाबाट जावलाखेलस्थित अर्को शाखामा (करिब ३०० मिटर) तथा काठमाडौंको न्यू बानेश्वर शाखाबाट न्यू बानेश्वरस्थित चन्द्रकमला भवनमा रहेको शाखामा (करिब ३०० मिटर) स्थानान्तरण गरिनेछ।

स्थानान्तरणपछि सम्बन्धित नयाँ शाखाबाट लकर सेवा पूर्ववत् रूपमा सञ्चालन हुने बैंकले जनाएको छ। साथै यसबाट ग्राहकलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना समेत व्यक्त गरेको छ। थप जानकारीका लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

थप जानकारीका लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४२

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद...

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...