CG Electronics
IME Life
Ncell NPL

दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ पोखरामा आयोजना हुँदै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पोखरा, चैत ११–१५ — नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालले आयोजना गर्ने दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ पोखराको लेकसाइड, तालबराही चोक स्थित खेल मैदानमा हुने भएको छ। पहिलो संस्करणमा प्रदर्शक र अवलोकनकर्ताहरूको प्रशंसनीय सहभागिता पछि, यस वर्षको प्रदर्शनी अझ व्यापक तथा आकर्षक हुने आयोजकहरूले बताएका छन्।

पोखरा महानगरपालिकाको प्रबद्र्धनमा आयोजना हुन लागेको प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गर्नेछ। प्रदर्शनीलाई सफल बनाउन विभिन्न प्रतिष्ठित साझेदारहरू सहकार्य गर्दैछन्, जसमध्ये राइड इनर्जी (पावर्ड बाई), शिखर इन्सुरेन्स, दिर्घायु पोखरा हस्पिटल (हस्पिटल पार्टनर), खल्ती एप (टिकटिङ्ग पार्टनर), युनियन पे (QR पार्टनर), टेम्पल बेल (हस्पिटालिटी पार्टनर) लगायतका संस्थाहरू छन्।

प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल वाहनसहित लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र वित्तिय संस्थाहरूका २० वटा स्टल रहने छन्। विशेष आकर्षणका रूपमा भिन्टेज कार शो र अत्याधुनिक रोबोट प्रदर्शनसमेत हुने जानकारी आयोजकहरूले दिएका छन्।

आयोजकहरूका अनुसार, पाँच दिन चल्ने प्रदर्शनीमा करिब ४५,००० आगन्तुकको सहभागिता रहने विश्वास गरिएको छ। खल्ती एपमार्फत टिकट खरिद गर्दा पहिलो १०० साधारण र विद्यार्थी टिकटमा क्रमशः ५०% र १००% क्यासब्याकको व्यवस्था गरिएको छ।

दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ ले अटो व्यवसाय प्रवर्द्धन मात्र नभई स्थानीय पर्यटन र आन्तरिक व्यवसायिक पहुँचमा समेत योगदान पुर्‍याउने आयोजकहरूको विश्वास रहेको छ।

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४२

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद...

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...