CG Electronics
IME Life
Ncell NPL

सांग्रिला डेभलपमेन्ट बैंक ले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक ले नेपाल वहिरा संघसँगको समन्वयमा फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा करिब ४० जना फरक क्षमता भएका व्यक्तिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठ ले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंक कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल, जोखिमलगायत विषयमा प्रशिक्षण प्रदान गरे। सांकेतिक भाषामा सहजिकरणको लागि उमा पौडेल र प्रकाश महर्जन सहभागी थिए।

कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपाल का अध्यक्ष सन्तोष केसी ले यो कार्यक्रम धेरै उपयोगी भएको बताउँदै आर्थिक क्षेत्रमा विभिन्न उपयोगी तालिमका लागि बैंक र अन्य वित्तीय संस्थाहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो।

सांग्रिला डेभलपमेन्ट बैंक हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थाले उत्कृष्ट संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यास गर्दै आगामी दिनमा सेवा अझ विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४२

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद...

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...