CG Electronics
IME Life
Ncell NPL

हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता, भन्छन्–हाम्रो जीत सुनिश्चित छ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको सो समुहले हनुमान जयन्तीको अवसर पारेर आज महासंघ कार्यालय टेकुमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष ढकाल र बस्तुगततर्फकै उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको नरेशलाल समुह सबैभन्दा बलियो र सशक्त मानिएको वस्तुगततर्फकै अध्यक्षहरु बताउँछन् । ‘गत निर्वाचनमा हेमराज ढकाल एक्लैले नेतृत्व गर्दा त उनले उच्च मत ल्याएर जितेका थिए भने बहुमत सदस्य आफ्नै टीमको जिताएका थिए,’ एक बस्तुगत संघका अध्यक्षले भने, ‘यसपटक सो समुहलाई चन्द्र ढकालले समेत खुलेर समर्थन गरेकाले पुरै टीम नै जित्ने देखिन्छ ।’

गत निर्वाचनमा तटस्थ बसेका महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो ती अध्यक्षले जानकारी दिए । आज महासंघ कार्यालय टेकुमा पुगेर हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहको प्यानल नै उम्मेदवारी दर्ता गरेका हुन् ।

वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट सदस्यहरुमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादूर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली आजै महासंघ कार्यालय टेकुमा दर्ता गराएका हुन् । उम्मेदवारी दर्तासँगै आफ्नो समुह बलियो रहेको र जीत सुुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले जानकारी दिए ।

‘हामीले सबै क्षेत्रलाई समावेश गरी सशक्त टीम बनाएर अघि बढेका छौं,’ उनले भने, ‘तसर्थ हाम्रो टीमले नै जित्नेछ ।’ वस्तुगतफर्तको सवै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समुह सबैभन्दा शसक्त र वलियो रहेको छ । उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समुहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टीम निर्माण गरिएको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...