CG Electronics
IME Life
Ncell NPL

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुप प्रा लि बीच FinPOS मार्फत रणनीतिक साझेदारी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले (SCT) सिटीटेक ग्रुप प्रा. लि. सँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ ।

यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (payment acceptance) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

pQ साझेदारी पश्चात् सिटी टेक को हार्डवेयर (FinPOS) मा SCT को प्लेटफर्म मार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा विभिन्न कार्ड स्किम हरु (Visa, UnionPay, NepalPay, etc.) तथा Dynamic QR का लागि SmartQr मार्फत डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ ।

यस साझेदारीमार्फत SCT को सशक्त भुक्तानी पूर्वाधार (payment infrastructure) लाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य (scalable) POS डिभाइस उपलब्ध गराइनेछ।

POS Acquiring व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता ,प्रविधि मा गर्नु पर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ ।

SCT डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ। FinPOS सँग को साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।

एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UnionPay कार्ड र VISA कार्ड जारी गर्ने तथा VISA, RuPay, MasterCard तथा Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT अन्तर बैंक भुक्तानी सेवा, Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...