CG Electronics
IME Life
NIMB

नेपालमै विकास गरिएको ‘लक्सगो’ राइड–सेयरिङ एप सार्वजनिक, सुरक्षित सेवा र डिजिटल अर्थतन्त्रमा टेवा दिने लक्ष्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। नेपालमा नयाँ राइड–सेयरिङ प्लेटफर्म ‘लक्सगो’ (Luxego) एप सार्वजनिक गरिएको छ । स्वदेशमै विकास गरिएको उक्त एपले यात्रु, चालक तथा व्यवसायीहरूलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

डाटा सुरक्षा र स्वदेशी प्रविधिमा प्राथमिकता
एप सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत विवरण तथा डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । विदेशी प्लेटफर्ममा डाटा बाहिर जाने जोखिमलाई ध्यानमा राख्दै ‘लक्सगो’ ले नेपालमै सुरक्षित रूपमा डाटा व्यवस्थापन गर्ने दाबी गरेको छ ।

कम्पनीका अनुसार एपमा GPS तथा आधुनिक प्रविधिको प्रयोग गरी यात्रु र चालक दुवैलाई सुरक्षित र विश्वसनीय सेवा प्रदान गरिनेछ ।

चालक र प्रयोगकर्तालाई आकर्षक सुविधा
लक्सगो एपमार्फत प्रयोगकर्ताले सहज रूपमा सवारी बुक गर्न सक्नेछन् । Normal, Comfort र Premium Luxury जस्ता विभिन्न सेवाको विकल्प उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस्तै, ग्राहकलाई छुट, विशेष अफर तथा लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसरसमेत प्रदान गरिनेछ । उत्कृष्ट सेवा दिने चालकलाई मासिक रूपमा सम्मान तथा प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ ।

 

सामाजिक उत्तरदायित्व र सहुलियत
एपले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका समूहलाई विशेष छुटको व्यवस्था गर्ने जनाएको छ । साथै चालक र व्यवसायीहरूको आम्दानी वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

कम्पनीले चालकहरूको सामाजिक सुरक्षामा समेत ध्यान दिँदै बीमा, आपतकालीन सहयोग तथा दुर्घटनामा आर्थिक सहयोग प्रदान गर्ने नीति अघि सारेको छ ।

आम्दानी र दीर्घकालीन सुरक्षा योजना
लक्सगोले चालकहरूको आम्दानीलाई व्यवस्थित बनाउन कमिसन प्रणाली पारदर्शी बनाउने जनाएको छ । साथै चालकहरूको भविष्य सुरक्षित गर्न ‘रिटायरमेन्ट तथा बचत कोष’ जस्ता योजनाहरू पनि ल्याइने उल्लेख गरिएको छ ।

डिजिटल अर्थतन्त्रमा योगदानको अपेक्षा
कम्पनीले स्वदेशी एपमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने, देशभित्रै लगानी र आम्दानीको चक्र सिर्जना गर्ने तथा बाह्य निर्भरता घटाउने लक्ष्य लिएको छ ।

लक्सगो एपको सुरुवातसँगै नेपालमा राइड–सेयरिङ क्षेत्रमा नयाँ प्रतिस्पर्धा थपिने र प्रयोगकर्ताले थप सुरक्षित, भरपर्दो तथा विकल्पयुक्त सेवा पाउने अपेक्षा गरिएको छ ।

 

सञ्चालक समिति
लक्सगो प्राइभेट लिमिटेडको सञ्चालक समितिमा पाण्डव राज अर्याल अध्यक्षका रूपमा रहेका छन् भने राजन कुमार सापकोटा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । यसैगरी, गोविन्द न्यौपाने, बद्री बस्नेत, राजु श्रेष्ठ र निरज श्रेष्ठ सञ्चालकका रूपमा रहेका छन् । बिमल श्रेष्ठले सञ्चालक तथा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् । कम्पनीले अनुभवी तथा विविध क्षेत्रका व्यक्तित्वहरूको नेतृत्वमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...