CG Electronics
IME Life
NIMB

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

NIMB
Himalayan Bank

 

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ संचालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले कर सहित मात्र रु. ५० मा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् ।

विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् ।

यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ् प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाइन्छ । मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरु उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।

पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन्, जसको मतलब ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । साथै, यो सिम लिएका ग्राहकहरूले रु. ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटासमेत पाउँछन्।
एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् ।

सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी सहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ ।

आवश्यक प्रमाणीकरणपछि उनीहरुको सिम सक्रिय हुन्छ । एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।

यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सधैं सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...