CG Electronics
IME Life
Ncell NPL

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।

सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने बताएका हुन् ।

उनले नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरे ।

उनले भने, ‘नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।

धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिनेछ ।

आध्यात्मिक तीर्थ कूटनीति मार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिनेछ ।’

सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गर्दै भरपर्दो तथा प्रतिस्पर्धी हवाई सेवा विकास गर्ने नीति लिएको छ ।

नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार तथा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने जनाइएको छ ।

पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने तथा अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइने सरकारको योजना छ ।

‘पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइनेछ।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

सरकारले अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति तथा सेवाहरूलाई एकीकृत गर्ने ‘एक द्वार डिजिटल पर्यटन प्रणाली’ लागू गर्ने जनाएको छ ।

पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिनेछ ।

‘भिजिट नेपाल २०८५’ अभियानको पूर्वतयारीस्वरूप पर्यटक आगमन, प्रति पर्यटक खर्च र बसाइँ अवधि बढाउने लक्ष्यसहित अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवद्र्धन गरिने सरकारले जनाएको छ ।

जीवित सङ्ग्रहालयको अवधारणाअनुसार कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्ममा आबद्ध गरिने योजना छ ।

त्यसैगरी पर्वतारोहण, ट्रेकिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, बञ्जी जम्प तथा स्काइडाइभिङलगायत साहसिक पर्यटनलाई प्राथमिकतामा राख्दै नयाँ पर्यटन इकोसिस्टम विकास गरिने सरकारको नीति छ ।

कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई विशेष प्राथमिकतामा राखी नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गरिने तथा हिमाल, पहाड र तराई क्षेत्रमा कम्तीमा १० नयाँ पदमार्ग पहिचान र विकास गरिने उल्लेख गरिएको छ ।

साथै, नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइनेछ ।

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:५२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन...

महावीर पुनको गुनासो : आफूले ल्याउन खोजेको नवप्रवर्तनसम्बन्धी अध्यादेश अघि बढाइएन

महावीर पुनको गुनासो : आफूले ल्याउन खोजेको...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:२३

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले अघि बढाउन खोजेका...