CG Electronics
IME Life
NIMB

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला उद्यमीहरूको वित्तीय पहुँचमा सुधार ल्याउने उद्देश्यले बेलायतको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) र लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भएको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान पुर्‍याइरहेको र करिब २० लाख मानिसलाई रोजगारी दिइरहेको साना व्यवसाय क्षेत्रमध्ये हाल १६ प्रतिशतले मात्र औपचारिक च्यानलबाट ऋण पाइरहेको अवस्थामा यो साझेदारीले वित्तीय अभाव खेपिरहेका क्षेत्रलाई ठुलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ। यस लगानी अन्तर्गत कुल रकमको कम्तीमा ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायहरूका लागि लक्षित गरिनेछ।

महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा बैंकको सुशासन, नेतृत्व, र समावेशी पोर्टफोलियोमा देखिएको प्रगतिलाई कदर गर्दै लक्ष्मी सनराइज बैंकले विश्वव्यापी सञ्जाल ‘2X Challenge’ बाट समेत मान्यता प्राप्त गरेको छ। यस प्रक्रियामा BII को प्राविधिक सहयोग कार्यक्रम ‘Invest for Impact Nepal’ ले बैंकको क्षमता अभिवृद्धिमा सहयोग गरेको हो।

वित्तीय विकासका साथै बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) लाई थप सुदृढ बनाउँदै जिम्मेवार बैंकिङ अभ्यास अघि बढाउने प्रतिबद्धता जनाएको छ।

साझेदारीका अवसरमा बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले नेपालको समावेशी र समृद्ध आर्थिक यात्रामा बेलायतको यो सहयोग निकै फलदायी हुने र महिला उद्यमशीलता प्रवर्द्धनमा यसले नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै BII का एसिया प्रमुख श्रीनी नागराजनले नेपालजस्ता कम विकसित मुलुकहरूमा प्रभावकारी लगानी गर्ने रणनीति अन्तर्गत यो सम्झौता गरिएको बताउनुभयो भने लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले यो सहकार्य देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका साना व्यवसाय र महिला उद्यमीको वित्तीय खाडल पुर्न कोशेढुङ्गा साबित हुने उल्लेख गर्नुभयो।

२५४ शाखा र ३२७ एटीएम सहितको सञ्जाल रहेको लक्ष्मी सनराइज बैंक र ६६ देशमा लगानी सञ्जाल फैलिएको BII बीचको यो सम्झौताले नेपालको निजी क्षेत्रको दिगो विकासमा दीर्घकालीन प्रभाव पार्नेछ।

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा ल्यायो नयाँ रेडमी प्याड २ (९.७”)

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा...

वि.सं.२०८३ जेठ १३ बुधवार १३:३३

  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...