आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा ल्यायो नयाँ रेडमी प्याड २ (९.७”)
Wednesday May 27, 2026
वि.सं.२०८३ जेठ १३ बुधवार १३:३३
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने उद्देश्यका साथ नेपाली बजारमा नयाँ रेडमी प्याड २ (९.७”) सार्वजनिक गरेको छ।
शक्तिशाली अक्टा–कोर प्रोसेसर र सिमलेस इन्टरकनेक्टिभिटी सहित आएको यो ट्याबलेटले प्रयोगकर्तालाई कार्यसम्पादनमा उत्कृष्ट सहजता प्रदान गर्नेछ। ग्राफाइट ग्रे र सिल्भर गरी दुई आकर्षक रङ्गहरूमा उपलब्ध यस डिभाइसको मुख्य आकर्षण ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ डिजाइन हो, जसले यसलाई स्टाइलिस देखाउनुका साथै मजबुती र टिकाउपन समेत दिएको छ।
मल्टिमिडिया र गेमिङका शौखिनहरूका लागि यसमा १२० हर्ज रिफ्रेस रेट र ९.७ इन्चको २के क्रिस्टल–क्लियर डिस्प्ले राखिएको छ, जसले अल्ट्रा–स्मुथ भिजुअल र इमर्सिभ डिस्प्ले अनुभव सुनिश्चित गर्दछ। लामो समयसम्म बिना अवरोध प्रयोग गर्नका लागि यसमा ७,६०० एमएएचको ठूलो ब्याट्री र १८ वाटको फास्ट–चार्जिङ सुविधा दिइएको छ।
फोटो तथा भिडियो कलका लागि ट्याबलेटमा ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ भने उत्कृष्ट ध्वनिका लागि हाइ–रिजोलुसन अडियो सहितको इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक उपलब्ध छ।
नयाँ शाओमी हाइपरओएस ३ सफ्टवेयरमा आधारित यो ट्याबलेटले शाओमी इकोसिस्टममा आबद्ध अन्य डिभाइसहरूसँग सहज र इन्टेलिजेन्ट कनेक्टिभिटी प्रदान गर्दछ। जम्मा ४०६ ग्राम तौल भएकाले यो बोक्न र दैनिक प्रयोग गर्न निकै हलुका र सहज छ।
सुरक्षाका लागि एआई फेस अनलकर जस्ता आधुनिक विशेषताहरू रहेको रेडमी प्याड २ (९.७”) को ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्ट नेपाली बजारमा मात्र रू. २५,९९९ को बजेट अनुकूल मूल्यमा खरिदका लागि उपलब्ध गराइएको छ।
























