CG Electronics
IME Life
NIMB

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स (IATA: H9) ले जुन ४, २०२६ देखि नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ का रूपमा प्रख्यात शहर शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गर्दै क्षेत्रीय सञ्जाल विस्तार गर्ने भएको छ। हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौंबाट शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल (SZX) का लागि साप्ताहिक दुई सिधा उडान सेवा प्रारम्भ गर्न लागेको हो। यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका दृष्टिकोणले एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो।

कम्पनीले प्रारम्भिक चरणमा काठमाडौं–शेन्जेन–काठमाडौं सेक्टरलाई जोड्न हप्ताको दुई उडान सञ्चालन गर्नेछ भने आगामी दिनमा बजारको मागका आधारमा उडान सङ्ख्या थप गर्दै लग्ने योजना बनाएको छ। तालिका अनुसार काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मंगलबार र बिहीबार प्रस्थान गर्नेछ भने शेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ।

उडान तालिका निम्न बमोजिम रहेको छ (सबै समय स्थानीय हुन् र +१ ले अर्को दिन जनाउँछ) काठमाडौं देखि शेन्जेन (KTM-SZX): जुन ४ देखि जुन ३० सम्म | प्रत्येक मंगलबार र बिहीबार | प्रस्थान: २१:५० | आगमन: ०४:३० +१

शेन्जेन देखि काठमाडौं (SZX-KTM): जुन ५ देखि जुलाई १ सम्म | प्रत्येक बुधबार र शुक्रबार | प्रस्थान: ०५:५५ | आगमन: ०८:३५

यो नयाँ सेवा सुरु गर्न पाउँदा कम्पनी अत्यन्तै उत्साहित छ। यसले यात्रीहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ। यस पहलका साथ हिमालय एयरलाइन्सले काठमाडौं–शेन्जेन–काठमाडौं मार्गलाई प्रवर्द्धन गर्दै आफ्ना यात्रीहरूका लागि आरामदायक र रमणीय यात्राको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ। गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध यस एयरलाइन्सको नयाँ मार्ग शुभारम्भसँगै नेपाल र चीन दुवै देश लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरिएको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यस ऐतिहासिक उडानप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “हिमालय एयरलाइन्सले सधैं चीनमा नयाँ-नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ। त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ। काठमाडौं–शेन्जेन–काठमाडौं रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने हाम्रो एयरलाइन्सको उद्देश्यलाई प्रोत्साहन गर्दछ। यस ऐतिहासिक उडानको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रीहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ। हामी हाम्रा उडानहरूमा यात्रीहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ।”

हिमालय एयरलाइन्स सँग यात्रा गर्न चाहनुहुने यात्रीहरूले एयरलाइन्सको टिकटिङ काउन्टरहरू, आधिकारिक ट्राभल पार्टनरहरूका साथै एयरलाइन्सको आधिकारिक वेबसाइट (www.himalaya-airlines.com) र हिमालय एयरलाइन्स मोबाइल एप्लिकेसनबाट पनि काठमाडौं–शेन्जेन–काठमाडौं उडानको टिकट बुक गर्न सक्नुहुनेछ।

हिमालय एयरलाइन्स प्रा.लि. को बारेमा:
हिमालय एयरलाइन्स नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो। नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्‍याउनु नै यस एयरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन्। यो कम्पनी तिब्बत नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारीमा सञ्चालित छ।

हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, जसमा तीनवटा एयरबस ३२०–२१४ (१५८ मितेव्ययी सीटहरू) र एउटा एयरबस ३१९–११५ (१४४ मितेव्ययी सीटहरू) रहेका छन्। कम्पनीले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा यात्रीवाहक उडानहरू सञ्चालन गरिरहेको छ।

यस एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्ड्स (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै ‘दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स’ का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो। सन् २०२० मा यसले आफ्नो स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलो पटक ISO 9001:2015 प्रमाणीकरण प्राप्त गरेको थियो, जुन विमान मर्मत र इन्जिनियरिङ सेवाहरूमा पुर्‍याएको उच्च व्यवस्थापन र क्षमताप्रति प्रदान गरिएको हो। डिसेम्बर २९, २०२१ मा एयरलाइन्स हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रीहरू र कार्गो सेवाका लागि उच्चस्तरीय सेवा प्रदान गरेबापत अर्को महत्त्वपूर्ण ISO 9001:2015 प्राप्त गर्ने नेपालकै पहिलो एयरलाइन बन्यो। यो प्रमाणीकरणले एयरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ। डिसेम्बर २८, २०२३ मा IOSA अपरेटरका रूपमा प्रमाणित र IATA सदस्य एयरलाइन्सका रूपमा दर्ता भएको हिमालय एयरलाइन्स नेपालको पहिलो र एकमात्र एयरलाइन्स हो।

सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (AEDs) जडान गरेको थियो, जसका साथ यो उपकरण जडान गर्ने नेपालकै पहिलो र एकमात्र नेपाली वायुसेवा कम्पनी बनेको छ। हवाई सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फर्मेन्स (OTP) र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा एयरलाइन्सले आफूलाई पहिलो छनोटको भरपर्दो एयरलाइन्सको रूपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एयरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहन्छ।

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४०

  चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी...

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा कजारिया…’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३७

  काठमाडौं, नेपाल – २०८३ जेठ १० – प्रिमियम होम...

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ बीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाटै सबै बैंकिङ सुविधा

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०७

  सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०३

  विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभरले काठमाडौंका विभिन्न प्रमुख...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:५९

  सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा कर्णाली प्रदेश, रुकुम पश्चिम...