CG Electronics
IME Life
NIMB

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ । यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।

नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूबीच प्रतिस्पर्धा भएको थियो । सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए ।

ह्याकाथनको निर्णायक मण्डलद्वारा गरिएको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन टोली छनोट गरिएको थियो। यसअन्तर्गत आदित्य कुमार साह तेली र पूजा यादव सदस्य रहेको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ ले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यसै गरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय हुन सफल भयो भने इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल ग¥यो । ह्याकाथनमा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेको इसेवाले जनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ह्याकाथनका प्रतिस्पर्धीहरूको उत्साह तथा उनीहरूले प्रस्तुत गरेका समाधानहरूको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । साथै, उहाँले ह्याकाथनमा प्रस्तुत भएका समाधानहरूलाई आगामी दिनमा अधिकतम सदुपयोग गर्ने बताउनुभयो । “यहाँ युवाहरूले प्रस्तुत गरेका सिर्जनशील तथा नवप्रवर्तनात्मक समाधानहरूलाई भविष्यमा सदुपयोग गर्दै डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउन सकिने विश्वास लिएका छौँ ।” खड्काले भन्नुभयो, “नव प्रतिभाहरूको नवीन डिजिटल समाधान, ऊर्जा र सिर्जनशीलताले नै सुरक्षित र सुदृढ फिनटेक इकोसिस्टमको भविष्य तय गर्नेछ ।”

इसेवाले नवप्रवर्तन संस्कृतिको विकास, उद्यमशीलता प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्रमा योगदानका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा कजारिया…’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३७

  काठमाडौं, नेपाल – २०८३ जेठ १० – प्रिमियम होम...

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३०

  नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स (IATA: H9)...

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ बीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाटै सबै बैंकिङ सुविधा

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०७

  सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०३

  विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभरले काठमाडौंका विभिन्न प्रमुख...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:५९

  सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा कर्णाली प्रदेश, रुकुम पश्चिम...