CG Electronics
IME Life
NIMB

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेटलगायतका सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख गरेको छ ।

यस्ता माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अद्यावधिक जानकारी दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा मोबाइल नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ ।

यसैले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले आग्रह गरेको छ । साथै, मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।

राष्ट्र बैंकले वित्तीय सेवासम्बन्धी गुनासो वा उजुरीका लागि आफ्नो अनलाइन गुनासो पोर्टलमार्फत समेत सेवा उपलब्ध गराएको जनाएको छ । वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले यस्ता जनचेतनामूलक सन्देशहरू नियमित रूपमा जारी गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४०

  चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी...

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा कजारिया…’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३७

  काठमाडौं, नेपाल – २०८३ जेठ १० – प्रिमियम होम...

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३०

  नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स (IATA: H9)...