CG Electronics
IME Life
NIMB

जीओ अटोमोबाइल्सले नयाँ एमजी हेक्टर एसयूभी नेपालमा सार्वजनिक गर्‍यो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स ले नयाँ एमजी हेक्टर एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित विशेष कार्यक्रममा नयाँ हेक्टरको औपचारिक अनावरण गरेको हो।

कम्पनीले केही दिनअघि नयाँ एमजी कोमेट र एमजी विन्डसर सार्वजनिक गरेपछि अब नयाँ हेक्टर पनि नेपाली बजारमा ल्याएको जनाएको छ। यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा उन्नत प्रविधि, थप प्रिमियम फिचर तथा आकर्षक बाह्य डिजाइन समावेश गरिएको छ। समान मूल्य वर्गका अन्य प्रतिस्पर्धी एसयूभीको तुलनामा यसले फराकिलो क्याबिन, उच्च आराम, उत्कृष्ट सुविधा तथा दैनिक प्रयोगका लागि बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ।

आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ हेक्टरमा स्मार्ट कनेक्टिभिटी प्रणाली, प्रिमियम इन्टेरियर, उन्नत सुरक्षा सुविधा तथा प्रयोगकर्तामैत्री प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो नयाँ संस्करण अघिल्लो हेक्टरको तुलनामा डिजाइन, प्रविधि र समग्र प्रिमियम अनुभवका हिसाबले थप परिष्कृत बनेको छ।

सार्वजनिकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा ले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए। उनले एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक रहेको उल्लेख गर्दै यसको प्रिमियम अनुभव, अत्याधुनिक प्रविधि र फराकिलो बनावटले ग्राहकको विश्वास जित्न सफल भएको बताए।

उनका अनुसार नयाँ हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएकाले यसले आफ्नो सेग्मेन्टमा अझ बलियो प्रतिस्पर्धा गर्नेछ। उनले स्टाइल, सुरक्षा, प्रविधि र व्यवहारिकताको उत्कृष्ट संयोजन खोज्ने नेपाली ग्राहकका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प बन्ने विश्वास व्यक्त गरे।

कम्पनीले नयाँ एमजी हेक्टरको प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो एसयूभी नेपाली बजारमा चार फरक भेरियन्टमा उपलब्ध हुनेछ।

कम्पनीले नयाँ हेक्टरको आगमनसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ। साथै ग्राहकलाई विश्वस्तरीय बिक्रीपछिको सेवा, आधिकारिक स्पेयर पार्ट्सको सहज उपलब्धता तथा ग्राहककेन्द्रित सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड BAIC अब Laxmi Group मार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक हुँदै

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड...

वि.सं.२०८३ असार ३० मंगलवार ०९:३०

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...