NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नोभेन्चर्स एआई इंकको ‘स्प्रिंगबेस एआई’ नेपालमा उपलब्ध

NIMB
leapmotornepal (citroen)

 

संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इंकले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिंगबेस एआई’ नेपालमा आधिकारिक रूपमा उपलब्ध गराएको छ। हाल विश्वभरका प्रोफेसनल र संस्थाहरूले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपालका नयाँ पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाहरूका लागि उपलब्ध भएको हो। स्प्रिंगबेस एआई अवधारणादेखि कार्यान्वयन र लक्ष्यदेखि नतिजासम्म पुग्न सहज बनाउने उद्देश्यले तयार पारिएको हो। यस प्लेटफर्मले कम्पनीको ज्ञान र बैठकका तथ्याङ्कहरूलाई रिपोर्ट, परियोजना विवरण, प्रस्ताव, ड्यासबोर्ड र पुनः प्रयोग गर्न मिल्ने कार्यप्रवाह जस्ता व्यवस्थित नतिजाहरूमा रूपान्तरण गर्न सक्षम बनाउँछ।

व्यावसायिक कम्पनीहरू दिनप्रतिदिन बढ्दै गइरहेका एआई उपकरणहरूको चुनौतीहरूसँग जुधिरहेका र उनीहरूलाई यस्तो एकीकृत समाधानको अभाव रहेको अवस्थामा जसले सन्दर्भ बुझोस्, कामको योजना बनाओस् र टोलीले वास्तविक रूपमा प्रयोग गर्न सक्ने नतिजा निकाल्न विभिन्न उपकरणहरूमाझ समन्वय गराओस् भन्ने उद्देश्यका साथ नेपालमा यो प्रविधि ल्याइएको स्प्रिंगबेस एआईका सह-संस्थापक भरत गोल्छाले बताउनुभयो। उत्पादकत्वप्रति गम्भीर रहेका व्यक्ति, टोली र संस्थाहरूका लागि स्प्रिंगबेस एआईले एआईसँग काम गर्ने नयाँ तरिका प्रदान गर्ने उहाँको भनाइ छ।

यो प्लेटफर्मले एआई-सहायता प्राप्त कार्यहरूका लागि एक व्यवस्थित कार्यप्रवाह प्रदान गर्दछ। प्रयोगकर्ताहरूले आफ्नो विशिष्ट लक्ष्य प्रविष्ट गरेपछि सम्पादन योग्य योजनाको समीक्षा गर्न सक्छन् र आफ्नै कागजात तथा व्यावसायिक सन्दर्भका आधारमा नतिजा प्राप्त गर्न सक्छन्। यसबाट प्राप्त भएका नतिजाहरूलाई सम्पादन गर्न, सेयर गर्न, निर्यात गर्न वा भावी प्रयोगका लागि ‘रेसिपी’ का रूपमा सुरक्षित गर्न सकिन्छ।

नेपालमा एआईको सम्भावना र यथार्थबीचको दूरीलाई कम गर्न स्प्रिंगबेसको डिजाइन गरिएको र यस सुरुवातसँगै नेपाललाई आधिकारिक रूपमा एआई युगमा प्रवेश गराउन पाउँदा उत्साहित भएको स्प्रिंगबेस एआईका सह-संस्थापक आकाश जातियाले बताउनुभयो। नेपालसँग प्रतिभा र महत्त्वाकाङ्क्षा दुवै रहेको उल्लेख गर्दै उहाँले उक्त प्रतिभालाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन आवश्यक सुरक्षित र विश्वस्तरको पूर्वाधार उपलब्ध गराइरहेको जानकारी दिनुभयो।

यो प्लेटफर्म आजैदेखि नेपालका प्रोफेसनल र संस्थाहरूका लागि करसहित प्रतिमहिना १,४९९ रुपैयाँमा उपलब्ध गराइएको छ। प्रयोगकर्ताहरूले आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै springbase.ai मा सिधै दर्ता गर्न सक्नेछन्। माइन्ड स्न्याक प्रालिले नेपालमा इनोभेन्चर्स एआई इंकको आधिकारिक कन्ट्री पार्टनरका रूपमा काम गर्नेछ र स्थानीय स्तरमा अनबोर्डिङ, तालिम, एआई कार्यान्वयन र कार्यप्रवाह एकीकरणमा टोलीहरूलाई सहयोग गर्दै ग्राहकको सफलता सुनिश्चित गर्नेछ। स्प्रिंगबेसको लक्ष्य सफ्टवेयरमा पहुँच पुर्‍याउनु मात्र नभई संस्थाहरूभित्र व्यावहारिक एआई क्षमताहरू विकास गर्नु हो। कार्यान्वयनमा जोड दिँदै यस प्लेटफर्मले प्रयोगकर्ताहरूलाई बैठकका टिपोटहरू र छरिएका जानकारीहरूलाई स्पष्ट कार्य र स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्न मद्दत गर्दछ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...