CG Electronics
IME Life
NIMB

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

NIMB
Himalayan Bank

 

पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा उक्त उत्पादन श्रृंखला बजारमा ल्याएको हो।

पोखरास्थित टेम्पल बेल होटलमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत नयाँ श्रृंखलाको औपचारिक अनावरण गरिएको कम्पनीले जनाएको छ।

एलजीका अनुसार एसेन्सियल सिरिज नेपाली परिवारहरूको आवश्यकता, जीवनशैली तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर विकास गरिएको हो। यसमा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीको दाबी छ।

नयाँ श्रृंखलामा दुई ढोके रेफ्रिजेरेटर, पूर्ण स्वचालित माथिबाट लोड गरिने वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।

फ्रोस्ट–फ्री प्रविधियुक्त रेफ्रिजेरेटरमा स्मार्ट मोड सुविधा रहेको छ, जसले मौसमअनुसार स्वचालित रूपमा चिसोपन नियन्त्रण गर्ने कम्पनीले जनाएको छ। साथै, अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको बताइएको छ।

पूर्ण स्वचालित वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स–४ प्रमाणित पानी प्रतिरोधी नियन्त्रण प्यानल जस्ता विशेषता समावेश गरिएको छ। कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्न सक्ने प्रविधि यसमा रहेको कम्पनीले जनाएको छ।

ऊर्जा–दक्ष प्रविधियुक्त रुम एयर कन्डिसनरमा चिस्यान तथा ताप दुवै सुविधा उपलब्ध रहेको छ। परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार एसेन्सियल सिरिजका उत्पादनहरू जुन २०२६ देखि नेपालभर बिक्री–वितरण सुरु हुनेछन्। प्रारम्भिक मोडेलहरूको मूल्य रु. ४९ हजार ६९० बाट सुरु हुनेछ। उत्पादनहरू आधिकारिक एलजी ब्रान्ड पसल, बहुब्रान्ड खुद्रा बिक्री केन्द्र तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।

सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो। कम्पनीले एलजी इलेक्ट्रोनिक्ससँग चार दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएको जनाएको छ।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...