CG Electronics
IME Life
NIMB

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

मिस नेपाल वर्ल्ड २०१६ की विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी अस्मी फेसन, जीवनशैली तथा ब्रान्ड प्रवर्द्धन क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छिन्। उनी अस्मी श्रेष्ठ इन्टेरियर्स की संस्थापकसमेत हुन्।

कम्पनीका अनुसार अस्मीको व्यक्तित्व, सिर्जनशीलता र आधुनिक जीवनशैलीप्रतिको दृष्टिकोण बोश होम एप्लायन्सेसको प्रिमियम गुणस्तर, उन्नत प्रविधि, आकर्षक डिजाइन र भरपर्दो कार्यसम्पादनप्रतिको प्रतिबद्धतासँग मेल खान्छ।

बोशले अस्मीले शैली र कार्यक्षमता दुवैलाई महत्व दिने आधुनिक नेपाली घरपरिवारको आकांक्षालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेको छ।

यस साझेदारीमार्फत बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै प्रिमियम, भरपर्दो र आकर्षक डिजाइनयुक्त घरेलु उपकरण खोजिरहेका उपभोक्तासम्म अझ प्रभावकारी रूपमा पुग्ने लक्ष्य लिएको जनाएको छ।

बोश होम एप्लायन्सेस विश्वका अग्रणी घरेलु उपकरण ब्रान्डहरूमध्ये एक हो। जर्मन इन्जिनियरिङ, नवीन प्रविधि, दीर्घकालीन गुणस्तर र दिगो डिजाइनका लागि परिचित ब्रान्डले नेपालमा फ्रन्ट–लोड वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवासर तथा बिल्ट–इन किचन उपकरणमा विशेष ध्यान केन्द्रित गरेको छ।

नेपालमा बीएसएच होम एप्लायन्सेसको आधिकारिक वितरकका रूपमा लक्ष्मी इलेक्ट्रोटेक (एलईटी) कार्यरत छ।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...