नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान
Saturday Jul 04, 2026
वि.सं.२०८३ असार २० शनिवार १८:५०
काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) द्वारा प्रदान गरिने होलसेल बैंकिङ अवार्ड २०२६ र रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत चार विधामा सम्मानित भएको छ।
बैंकका अनुसार होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधिबाट सम्मानित गरिएको हो। त्यसैगरी, रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर (नेपाल)’ तथा ‘एसएमई बैंक अफ द इयर (नेपाल)’ उपाधि प्राप्त गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानहरूले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धतालाई उजागर गरेका छन्।
यस अवसरमा बैंकले निरन्तर विश्वास र सहकार्य प्रदान गर्ने आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायहरूप्रति आभार व्यक्त गरेको छ। प्राप्त सम्मानले बैंकलाई आफ्ना सेवा अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा थप योगदान पुर्याउन प्रेरित गर्ने बैंकको विश्वास छ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।























