CG Electronics
IME Life
Ncell NPL

नेपाल प्रहरीको २७ औं आईजीमा ठाकुर ज्ञवाली नियुक्त

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं, २८ माघ:सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी) मा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ज्येष्ठता, कार्य सम्पादन मुल्यांकनको आधारमा ज्ञवाली एक नम्बरमा रहेका कारण मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय लिएको हो । ज्ञवाली एक नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए । तीसबर्षे सेवाहदका कारण मंगलबार रातीदेखी प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त गरिएको हो।

खनालसंगै एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतसहित १८ डिआईजीले मंगलबारबाट सेवानिवृत्त हुने भएका छन्। महानिरीक्षक (आईजी) नियुक्तिको लागि ज्ञवालीको नाम गृह मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीले प्रहरी नियमावलीमा बिद्यमान ब्यवस्था कायमै रहेमा आगामी असार २४ गतेसम्म सम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

अवकाश हुने आईजी खनाल, तीन एआईजी र २२ जना डीआईजीहरु २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । खनालसँगै अवकाश पाउने डीआईजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् ।

यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआईजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूबाट गर्नुपर्ने उल्लेख छ । तर एआईजी नभएको अवस्थामा डीआईजी मध्येबाटै आईजी नियुक्ति गर्न सकिनेछ ।

यसअघि खनाल पनि डीआईजीबाट नै आईजी भएका थिए भने उनी अघिका आईजी प्रकाश अर्याल पनि डीआईजीबाट नै आईजी भएका थिए ।

www.prabhubank.com
मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:५४

  हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:४९

  काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ? सैबाल घोषको ताजा विश्लेषण

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ?...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३४

  काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास...

रौतहटको श्रीराम सुगर मिल्स बन्द: उखु किसानको सपना ओइलियो

रौतहटको श्रीराम सुगर मिल्स बन्द: उखु किसानको...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:२८

  रौतहट । कुनै समय रौतहटको गरुडा बजारको रौनक नै...

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...