IME Life
NIMB

एनएमबि बैंकले ल्यायो परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग

NIMB
Himalayan Bank

काठमाडौं – एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बैंकले सुरक्षित र छरितो डिजिटल बैंकिङ्ग अनुभव प्रदान गर्न उक्त सेवा ग्राहकमाझ प्रस्तुत गरेको हो ।

उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुलादेखि साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।

वर्तमान कोभिड महामारीलाई विचार गरि बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ ।

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधाबाट लाभान्वित हुन सकिने बैंकले जनाएको छ ।

सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सजिलै गर्न सकिने छ ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...