नबिल बैंकका सबै ऋणीले शुन्य दशमलव २५ प्रतिशत व्याज छुट पाउने
Tuesday Aug 18, 2020
वि.सं.२०७७ भदौ २ मंगलवार २१:३२

काठमाडौं – नबिल बैंक लिमिटेडले आºना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस ९कोभिड १९० महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।
बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०।२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त नगर्ने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०।२५ प्रतिशत छुट दिएको बताएका छन् ।
‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैनन्’ शाहले भने ।
हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु। ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना समेत बनाएको छ ।




























