CG Electronics
IME Life
Ncell NPL

सिटिजन लाइफले विद्यार्थीलाई बीमा एजेन्ट हुँदै विज्ञ बनाउने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–सिटिजन लाइफ इन्स्योरेन्स्को विद्यार्थीसँग बीमा अभियान शुरु गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम आन्तर्गत सिटिजन लाइफले बीमा सम्बन्धि जनचेतना अभिबृद्घि गराउने उद्देश्यका साथ विद्यार्थीसँग बीमा अभियान सुरु गरेको बताएको छ ।

कम्पनीले भृकुटीमण्डमा असार २३ गते भृकुटीमण्डमा एक कार्यक्रमका बीच सिटिजन लाइफ इन्स्योरेन्स्का ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्स्का प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

नेपालमा बीमाको जनचेतनाको मात्रा कम रहेको र करिब १० प्रतिशतले मात्र जीवन बीमा गरेको पाईएको छ ।

अधिकांश मानिसहरु जीवन बीमा योजना, यसका सुविधाहरु र यसको योगदानहरुका बारेमा अनभिज्ञ रहेकोले बेलैमा जीवन बीमाको उपयोगिताको बारेमा थाहा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समाजप्रतिको आफ्नो दायित्व बोध गर्दै विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम लिएर आएको प्रमुख कार्यकारी अधिकृत पौडेल बताए ।

विद्यार्थीकालमा अध्ययन गरेको विषयले विद्यार्थीहरुमा पछिसम्म असर रहने र त्यसमाथि व्यवहारिक ज्ञानले झन् बृढि प्रभाव पार्ने एक अध्ययनले देखाएको छ ।

त्यसै कारण, विद्यार्थीहरु नै भोलिको परिवर्तनको संवाहक र देशको कर्णधार भएको बुझेर सिटिजन लाइफले विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम लिएर आएको हो ।

यस कार्यक्रममार्फत विद्यार्थी स्वयंले बीमाको महत्व बुझ्ने, आफ्नो परिवारलाई र अरुलाई समेत बुझाई समाजमा नै बीमाको बारेमा जनचेतना फैलाउनमा सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

विद्यार्थीले बीमा एजेण्ट भई कार्य गर्न सक्ने, बीमा कम्पनीमै काम गर्न चासो देखाउने, बीमा सम्बन्धि नै उच्च अध्ययन गरि बीमा विज्ञ भई कार्य गर्न सक्ने सम्भावनाको ढोका खोल्ने उनले बताए ।

काठमाडौबाट सुरु गरिएको यो कार्यक्रम बिस्तारै देशभरीका सरकारी तथा निजी शैक्षिक संस्थाहरुमार्फत धेरैभन्दा धेरै विद्यार्थीहरु समेट्ने लक्ष्य लिइएको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...