नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने
Wednesday Dec 30, 2020
वि.सं.२०७७ पुस १५ बुधवार २०:३६

काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले बुधबारबाट लागु हुने गरी सो सेवा सुरु गरेको हो । नेपाल बैंकका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट यो सुविधा लिन सकिने बैंकले जनाएको छ । बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएको छ ।
























