CG Electronics
IME Life
Ncell NPL

पैसाको जोहो गर्नुहोस्,चैत भित्रै यस्ता १३ कम्पनीले आईपिओ निष्काशन गर्दैछन्,कस्ता कम्पनीको कति आउदैछ आईपिओ ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्राथमिक सेयर जारी गर्नका लागि पाइपलाइनमा हाल १३ वटा कम्पनी छन् । जसमध्ये फागुन महिनामा मात्रै ४ वटा कम्पनी पाइपलाइनमा थपिएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार बोर्डको अण्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत ६ वटा कम्पनी छन् । जसमध्ये साहास उर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बौद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेड कम्पनी छन् ।

साहास उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीयबासी र सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । त्यसैगरी सामलिङ पावर कम्पनीले पनि प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । कम्पनीले १२ लाख ३० हजार कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यसैगरी बौद्धभूमिक नेपाल हाइड्रो नेपाल पावर कम्पनी लिमिटेडले पनि प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी १२ लाख कित्ता सेयर आइपीओ जारी गर्ने पाइपलाइनमा छ ।

आइपीओ जारी गर्ने पाइपलाइनमा रहेको अर्को कम्पनी हो मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था । कम्पनीले सर्वसाधारणमा ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १ लाख ९७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यसका साथै सयत्री हाइड्रोपावर लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ९ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

बोर्डले रिभ्यूड एन्ड कमेन्ट सेन्ड सेक्सनमा २ वटा कम्पनीलाई राखेको छ । जसमध्ये हिमालयन हाइड्रोपावर लिमिटेड कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर आइपीओका लागि बोर्डको पाइपलाइनमा छ । त्यसैगरी अर्को कम्पनी डिस होम मिडिया नेटवर्क छ । कम्पनीले सर्वसाधारणका लागि २३ लाख ८५ हजार ९२९ कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छ ।

बोर्डको रिप्लाइड एण्ड अण्डर रिभ्यू सेक्सन अन्तर्गत मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता सेयर, न्यादी हाइड्रोपावर लिमिेटले स्थानीय र सर्वसाधरणका लागि ४० लाख ५० हजार कित्ता, सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता र विन्दबासिनी हाइड्रोपावर डेभलपेण्ट कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि २५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छन् ।

यो पनि पढ्नुहोस् :

एक साता ढिलो गरि ज्योति लाइफले भोली यसरी आईपीओ बाँडफाँड गर्दैछ,आईपीओ भरेका १३ लाखको हात हुने भो रित्तै

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...