nic bank
himalayan everesat
Nmb bank

नेशनल बन्यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने माइक्रोफाइनान्स, कति कमायो खूद नाफा ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  नेशनल माइक्रोफाइनान्सको खुद मुनाफा दोब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २४ करोड ९१ लाख ६० हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११८.८९ प्रतिशतले धेरै हो ।माइक्रोफाइनान्सले गत आवको तेस्रो त्रैमासमा ११ करोड ३८ लाख २५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०६ प्रतिशतले बढेर ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा माइक्रोफाइनान्सले २२ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा पनि ११९ प्रतिशतले बढेर ३९ करोड ५४ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

हाल ३१ करोड ९४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ३८ करोड ३७ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिसम्म माइक्रोफाइनान्सले २ अर्ब निक्षेप संकलन र ४ अर्ब ६७ करोड सापटी लिई कुल ७ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेर १०४.६५ रुपैयाँ पुगेको छ । यो हाल नेप्सेमा सूचीकृत भएका लघुवित्तमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हो । गत वर्ष चैतमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५८.०६ रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२०.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.२० प्रतिशत र खराब कर्जा २.९९ प्रतिशत रहेको छ ।

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य...

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:१९

  काठमाडौं । साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...