CG Electronics
IME Life
Ncell NPL

कोरोना विरूद्ध लड्न नुवाकोट कांग्रेसले गर्यो यस्तो अपिल,जूम बैठकले गरेका यी हुन् पाँच निर्णय

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैशाख २२ गते बसेको भर्चुअल बैठकले संकटका बेला एक भएर अघि बढ्न र सहयोग गर्न सबैमा अपिल गरेको छ । जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू, पूर्व सभापति, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका- नगरपालिका पार्टी सभापतिहरू, वरिष्ठ स्वास्थकर्मीहरू, नागरिक समाजका वरिष्ठ ब्यक्तित्वहरू, सम्पर्क समितिका अध्यक्षहरु, वडा अध्यक्षहरु लगायत साथीहरुको सहभागितामा सम्पन्न भएको बैठकले उक्त अपिल गरेको हो ।

बैठकमा कोभिड-१९ बाट उत्पन्न संकट र त्यसको समाधानका उपाय तथा त्यसका लागि नेपाली कांग्रेस पार्टीले खेल्नसक्ने भूमिकाका सन्दर्भमा गम्भीर छलफल भएको हो । यस्तो माहामारीमा सरकारको अदूरदर्शिता र बेवास्ताका कारण माहामारीबाट आक्रान्त नागरिकको जीउधनको सुरक्षा गर्नु हामी सबैको साझा कर्तब्य हो भन्ने बैठकको निश्कर्ष रहेको पार्टी सभापति जगदिश्वरनरसिंह केसीले बताउनुभयो ।

 


सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार, शिक्षक ,राष्ट्रसेवक कर्मचारी , सुरक्षाकर्मी र बिषेशगरी फ्रन्ट लाइनमा रहेर लडिरहनु भएका स्वास्थकर्मी साथीहरुमा अझै उच्च मनोबलका साथ एक भएर लड्न नेपाली कांग्रेस नुवाकोटले बिशेष अपिल गरेको हो । महामारीबाट आक्रान्त नागरिकहरूको जीवनरक्षाका लागि आफ्नो तहबाट सक्दो योगदान पुर्याउनु नेपाली कांग्रेसको राजनीतिक एवं सामाजिक कर्तव्य रहेको यथार्थलाई हृदयंगम गरी जिल्ला पार्टी कार्यालयलाई कोविड अस्थायी अस्पताल बनाउने विषयमा समेत जिल्ला कार्यसमितिको बैठकको निम्न निर्णय गरेको छ ।

१. जिल्लामा कोविड अस्पतालको अभाव हुन नदिन पार्टी अफिसलाई डिसिएमसीले नै अस्थायी कोविड अस्पाताल संचालन गर्ने भए आवश्यक पूर्वाधार तयार गरी तीन महिनाका लागि उपलब्ध गराउने । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई सहमति पत्र दिइसकिएको हुँदा प्रजिअ र डिसिएमसीसंग थप छलफल गर्ने । सरकारले सदासयताका साथ सहकार्य गर्न चाहेमा त्यसै गर्ने ।
२. सरकारले प्रयोग नगर्ने भए पार्टी आफैँले अस्थायी आइसोलेसन केन्द्र सञ्चालन गर्ने । यसका लागि अन्य पार्टीका नेता र सरोकारवालाहरूसंग छलफल गरिने ।
३. पार्टी आफैँले गर्ने गरी अनुमति पाएमा हामी सबै मिलेर अघि बढ्ने र सरकारी संयन्त्रसँग समन्वय गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने ।
४. पार्टीका सबै तहका नेता, कार्यकर्ताले आ-आफ्नो ठाउँबाट योगदान गर्न र प्राप्त जिम्मेवारी वहन गर्न तयार रहन सबैमा आग्रह गर्ने ।
५. यो प्रारम्भिक बैठक भएकोले थप निर्णय पदाधिकारीहरू र आवश्यक जिम्मेवार नेताहरूसँगको बैठक र छलफलबाट निर्णय लिई सबैलाई जानकारी गराई कार्यान्वयन गर्ने ।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...