शेयर बजारमा नयाँ रेकर्ड कायम हुँदा सर्किट ब्रेक भएका यी हुन् एक दर्जन कम्पनी
Tuesday Aug 10, 2021
वि.सं.२०७८ साउन २६ मंगलवार १८:०४

काठमाडौँ । शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।
‘क’ क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले वृद्धि भएको छ ।
यस दिन कुल २ सय २५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँ बराबरमा कारोबार भएको छ ।
बेस्ट फाइनान्स कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाइन रेसुङ्गा विकास बैंक लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेडले सर्किट ब्रेक लगाएका छन् ।

























