CG Electronics
IME Life
NIMB

१०५ कम्पनीको मूल्य ओरालो लाग्दा पनि नेप्सेमा हरियाली, जीवन विकासको सेयर मूल्य कसरी बढ्यो ह्वात्तै

NIMB
Himalayan Bank

 

काठमाडौँ ।  बुधबार दिनभरजसो नै सूचक स्थिर जस्तै बनेको सेयर बजारमा कारोबार भएका मध्ये १०५ कम्पनीको मूल्य घटेको छ। यसका बाबजुद समग्र बजार सूचक नेप्से भने ऋणात्मक बन्नबाट रोकिएको छ।

नियमित कारोबार सत्रको पहिलो पाँच मिनेटमै ३२०० विन्दुनजिक पुगेको सूचक सोलगत्तै भने एकैचोटी २० अंकभन्दा धेरैले घटेको थियो। त्यसपछि थोरै तलमाथि जस्तो देखिएपनि दिनभर नै बजार स्थिर गतिमा रह्यो। कारोबार बन्दा हुनुभन्दा लगभग आधा घन्टाअघिबाट भने २ अंकले नकारात्मक बनेको बजार अन्तिम मिनेटमा भने सुधार हुँदै समग्रमा ०.७६ अंकले बढेर बन्द भयो।

सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी ज्‍यादा हुँदासमेत हरियो बनेर बजार बन्दा हुँदा झन्डै साढे १५ अर्ब रुपैयाँको कारोबार भएको छ। यद्यपि, यो रकम मंगलबारको (१७ अर्ब ८५ करोड रुपैयाँ) भन्दा भने करिब साढे दुई अर्बले कम हो।

बुधबार कुल २३० कम्पनीको एक लाख ३९ हजार २१८ पटकको कारोबारमा करिब दुई करोड ७३ लाख कित्ता धितोपत्र किनबेच भएको हो।कारोबार भएका २३० स्क्रिप्टमध्ये १८६ वटा मात्र विभिन्न कम्पनीको सेयर हो, ४४ वटा स्क्रिप्ट म्युचुअल फन्ड र ऋणपत्रका हुन्। यीमध्ये ७४ कम्पनीको सेयरमा लगानी गर्नेको नेट वर्थमा आज वृद्धि भएको छ भने ७ वटा कम्पनीको सेयर मूल्य यथावत रह्यो।

साउन १४ गते सूचीकृत भएर कारोबार सुरु भएको जीवन विकास लघुवित्तको सेयर मूल्य पहिलो दिनदेखि नै लगातार सर्किट ब्रेकर हान्दै पछिल्लो १० कारोबार दिनमै प्रतिकित्ता २२०५ रुपैयाँ पुगेको छ। ८९० रुपैयाँबाट कारोबार सुरु भएको यस संस्थाका सेयरधनीले मात्र दुई हप्तामा झन्डै १५० प्रतिशत नाफा कमाइसकेका छन्।

आजको बजारमा भएको कारोबार क्षेत्रगत रुपमा मिश्रित कम्पनीको रहेको देखिएको छ। अर्थात्, हिजो फाइनान्स र विकास बैंक तथा त्यसअघिका केही दिन जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्य सर्वाधिक बढिरहेकोमा आज यो सूचीको अग्रभागमा फाइनान्स, जलविद्युत, लघुवित्त, बीमा, बैंक सबैका कम्पनीहरु छन्। यसमध्ये सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको प्रभाव माथिल्लो तामाकोशीको मूल्य र कारोबारमा पनि देखिएको छ। प्रतिकित्ता २९ रुपैयाँले मूल्य बढेर ९०४ रुपैयाँ पुगेको तामाकोशीको बुधबार सर्वाधिक रकम अर्थात् ६८ करोड ३१ लाख रुपैयाँ हाराहारीको भएको छ।

कारोबारमा सेयर संख्याका हिसाबले पनि जलविद्युत क्षेत्रकै कम्पनी अरुणभ्याली हाइड्रोपावर रह्यो। यसको कुल ९ लाख १६ हजार ३६७ कित्ता सेयर किनबेच भएको हो। सर्वाधिक सेयर किनबेच हुनेमा यसपछिका अन्य पाँच कम्पनी (अपि, अरु काबेली, एचआईडीसीएल, माथिल्लो तामाकोशी र नेशनल हाइड्रोपावर) पनि जलविद्युत क्षेत्रका नै रहेका छन्।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...