CG Electronics
IME Life
NIMB

सामलिङ्ग पावर कम्पनीद्धारा प्रभावित क्षेत्रका वासिन्दाहरुलाइ छुट्याईएको शेयर आज बाँडफाँड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याईएको शेयर  बुधबार बाँडफाँड भएको छ ।

भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँड भएको हो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्काशन गरेको थियो ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३ हजार २५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन्।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९।५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते ९तदनुसार सेक्टेम्बर १७, २०२१० देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...