CG Electronics
IME Life
Ncell NPL

बाणिज्य बैंकहरुको निक्षेपमा वृद्धि ,नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि,नेपाल बैंक प्रथम स्थानमा रहेको छ । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्य १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धि ६.२३ प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ । बैशाख मसान्तसम्मा बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै ९८९.६५ प्रतिशत० रहेको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।

नेपाल अधिराज्यभर २१३ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:२१

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४८

  काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...