CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

विराटनगर । मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी निर्वाचित भएका छन् ।

 

२०७४ सालको निर्वाचनमा केराबारीको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो । यस्तै कानेपोखरीको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । अध्यक्षमा विजयी इङनाम यसअघि पालिका उपाध्यक्ष थिइन् ।

बुधबार बिहान सार्वजनिक केराबारीको अन्तिम मत परिणामअनुसार एमालेका सुमन ७ हजार ८१० मत ल्याएर विजयी भएका हुन् । निकतम प्रतिद्वन्द्वी कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३९० मत प्राप्त गरे । रोहित २०७४ सालको स्थानीय तह निर्वाचनमा ५ हजार ४९९ मत ल्याउँदै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

केराबारी उपाध्यक्षमा विजयी मनमायाले ७ हजार २६७ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा राईले ६ हजार ४२८ मत मात्रै ल्याइन् ।

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार इङनाम ८ हजार ९७५ मतसहित निर्वाचित हुँदा कांग्रेस उम्मेदवार सन्जय भट्टराईले ५ हजार ८४६ मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार सूर्यबहादुर धिमालले ४ हजार ८३३ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित अधिकारीले ९ हजार ५७० मत प्राप्त गरे । कांग्रेस उम्मेदवार मनकुमारी गुरुङले ७ हजार ८१८ र माओवादी केन्द्रकी उम्मेदवार तारा ओझाले १ हजार ९४० मत प्राप्त गरिन् ।

१० वटा वडा रहेको केराबारीमा एमालेले ६ वटा वडा जितेको छ । कांग्रेसले ३ र माओवादी केन्द्रले एउटा वडा जितेका छन् । केराबारी(६ मा माओवादी, ४, ८ र ९ मा कांग्रेस तथा १, २, ३, ५, ७ र १० मा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

७ वटा वडा रहेको कानेपोखरीमा नेकपा एमालेले ५ र कांग्रेसले दुई वडा जितेका छन् । वडा नम्बर २, ३, ५, ६ र ७ वडा एमालेले जित्दा वडा नम्बर १ र ४ मा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...