IME Life
NIMB

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक गरेको छ । आधुनिक प्रयोगकर्ताहरूको परिवर्तनशील आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका यी दुई नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री क्षमता, स्मूथ प्रदर्शन, र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्दै आ–आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेका छन्।

दुवै स्मार्टफोनमा विशाल ६५०० एमएएच् ब्लूभोल्ट ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभव प्रदान गर्छ । उच्च क्षमताको ब्याट्रीलाई थप प्रभावकारी बनाउन भिभोको ४४ वाट फ्ल्यासचार्ज प्रविधि प्रयोग गरिएको छ, जसमा २९ तहको सुरक्षा प्रणाली समावेश छ । यसले छिटो, सुरक्षित तथा प्रभावकारी चार्जिङ सुनिश्चित गर्दै प्रयोगकर्तालाई दिनभर सहज रूपमा कनेक्टेड राख्न मद्दत गर्छ ।

दुवै स्मार्टफोनको प्रमुख विशेषतामध्ये मजबुत टिकाउपन पनि एक साझा विशेषता हो । आई पी ६५ धुलो तथा पानी प्रतिरोध क्षमताले धुलो र पानीबाट सुरक्षा प्रदान गर्छ भने प्रोफेशनल एन्टी–ड्रप डिजाइनले दैनिक प्रयोगका क्रममा हुने सामान्य झट्का तथा खस्ने जोखिमबाट डिभाइसलाई सुरक्षित राख्छ । यी मजबुत विशेषतासँगै स्मार्टफोनमा आकर्षक तथा प्रिमियम डिजाइन पनि दिइएको छ, जसमा विशिष्ट सनराइज गोल्ड कलर विकल्प र डायनामिक लाइट एक्सेन्टसहितको प्रिमियम मेटल क्यामेरा मोड्युल समावेश गरिएको छ ।

प्रयोग अनुभवलाई अझ सहज र इमर्सिभ बनाउन दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट र १२०० निट्सको पीक ब्राइटनेस सहितको डिस्प्ले प्रदान गरिएको छ, जसले घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्दछ । मनोरञ्जन तथा उत्पादकत्वलाई थप सशक्त बनाउन २०० % भोल्युम बूस्ट र अधिकतम ६ जीबी + ६ जीबी एक्सटेन्डेड र्यामसम्मको सुविधा समावेश गरिएको छ, जसले मल्टिटास्किङ तथा मिडिया अनुभवलाई अझ स्मुथ र सहज बनाउँछ । फोटोग्राफीका लागि ५० मेगापिक्सेल अल्ट्रा क्लियर मुख्य क्यामेरा समावेश गरिएको छ, जसले फोटोहरुमा स्पष्टता र उत्कृष्ट डिटेल कैद गर्दछ ।

भिभो वाई२१ फाईव जी ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य रु. ३२,९९९ तोकिएको छ । त्यसैगरी भिभो वाई ११ डि दुई भेरियन्टमा उपलब्ध छ :
४ जीबी + १२८ जीबी – रु. २१,४९९
६जीबी + १२८जीबी – रु. २६,९९९

यी दुवै स्मार्टफोनहरू नेपालभरका भिभो रिटेल स्टोरहरू र अनलाइन प्लेटफर्म दराज मार्फत खरिदका लागि उपलब्ध छन्।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...