सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट
Monday Aug 03, 2026
वि.सं.२०८३ साउन १८ सोमवार १७:१०
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्पा र सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र व्यक्तिगत सौन्दर्य सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यसैगरी, बैंकमा खाता भएका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र व्यक्तिगत सौन्दर्य सेवामा १५ प्रतिशत छुट पाउनेछन्।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटी प्रालिकी सिकाइ तथा विकास प्रबन्धक निर्मला भोछिभोयाले हस्ताक्षर गर्नुभएको छ। यो सम्झौता २०८३ साल साउनदेखि दुई वर्षका लागि लागू हुने जनाइएको छ।
बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय सेवा सहुलियतपूर्ण दरमा उपलब्ध हुने र उनीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।
आम नागरिकको विश्वास र भरोसाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा स्वचालित नगद वितरण केन्द्र (एटीएम) मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा सुदृढ आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई थप विस्तार र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।























