IME Life
NIMB

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० जना च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्कबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्य राखेको थियो ।

कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो । सो क्रममा कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराइएको थियो । साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कम्पनीले पुनः दोहो¥याएको छ ।

डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ । राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा प्रतिष्ठित लिट्मस एक्सिलेन्स अवार्ड सहितका विभिन्न विधामा पुरस्कार प्रदान गर्दै उत्कृष्टता, विश्वास र दीर्घकालीन साझेदारीको सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दै भन्नुभयो, “लिट्मसका लागि गुणस्तर केवल प्राथमिकता होइन, हाम्रो ब्रान्डको आधार र प्रत्येक ग्राहकप्रति गरिएको प्रतिबद्धता हो । नेपालभर हाम्रो च्यानल पार्टनर नेटवर्कले हासिल गरेको उल्लेखनीय विस्तारप्रति हामी गौरवान्वित छौैं ।

डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरित गरेको छ ।”

कम्पनीका अनुसार लिट्मस इन्डस्ट्रिजको सफलता आफ्ना साझेदारहरूसँगको बलियो र दीर्घकालीन सम्बन्धमा आधारित छ । ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनलाई प्रवद्र्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पु¥याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएकोे छ ।

लिट्मस इन्डस्ट्रिज लिमिटेडको बारेमाः
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । साथै, नेपालमा एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र कम्पनीका रूपमा स्थापित छ । पाँच दशकभन्दा लामो उत्पादन अनुभवसहित कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ ।

अत्याधुनिक उत्पादन प्रविधि, निरन्तर नवप्रवर्तन तथा उच्च गुणस्तर मापदण्डलाई प्राथमिकतामा राख्दै कम्पनीले नेपालभर आफ्ना उत्पादनहरू उपलब्ध गराउनुका साथै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै देशको औद्योगिक विकास र आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...