IME Life
NIMB

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

NIMB
Himalayan Bank

 

काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन भ्रमणमा गएको छ । पराराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको यस भ्रमणले नेपाली वस्तुको बजारीकरण, व्यापार विस्तार तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बिजनेस टु बिजनेस–बीटुबि) प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले गर्नुभएको छ । टोलीमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, महासंघका उपाध्यक्ष तथा नेपाल ह्यान्डमेड पेपर एसोसिएसनका अध्यक्ष किरणकुमार डंगोल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ, महासंघका सल्लाहकार स्वयम्भुरत्न तुलाधर, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोजकुमार यादवसहित विभिन्न निर्यातमुखी उद्योग तथा वस्तुगत संघसंस्थाका गरी १५ जना व्यवसायी सहभागी छन् ।

चारदिने भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ओमनस्थित नेपाली दूतावासमा व्यावसायिक अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम, ओमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग द्विपक्षीय व्यापार सहकर्य गर्ने विषयमा सम्झौता र लगानीका विषयमा छलफल, ओमन इन्भेष्टमेन्ट अथोरिटीसँग लगानी सम्भावना तथा व्यापारिक सहकार्यबारे बैठक गर्ने कार्यक्रम रहेको छ । साथै ओमनका प्रमुख खुद्रा व्यापारिक सञ्जालहरू नेस्टो हाइपरमार्केट, लुलु हाइपरमार्केट तथा हाइपरम्याक्सका खरिद विभागसँग प्रत्यक्ष बीटुबि बैठक, उत्पादन प्रदर्शन (स्याम्पल शोकेसिङ) तथा बजार अवलोकन गरिनेदेखि ओमनमा रहेका नेपाली समुदाय तथा व्यवसायीहरूसँग समेत निर्यात प्रवद्र्धन र लगानी विस्तारका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको ओमनस्थित नेपाली दुतावासका प्रथम सचिव विशेषकुमार शाहले बताउनुभयो ।

महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले यो भ्रमण नेपाली उत्पादनहरुलाई ओमनको बजारमा विस्तार गर्ने दिशामा महत्वपूर्ण सुरुआत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ओमन खाडी क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्र भएकाले त्यहाँ नेपाली कृषि (तरकारी) तथा जडिबुटीका उपत्दान, हस्तकला, हस्तनिर्मित कागज, प्रशोधित खाद्यवस्तु, डेरीजन्य उत्पादन, प्राकृतिक पेयपानी तथा अन्य मूल्य अभिवृद्धि भएका नेपाली उत्पादनको बजार विस्तारको राम्रो सम्भावना रहेको छ ।

नेपाल र ओमनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसकेको भए पनि द्विपक्षीय व्यापार अझै अपेक्षाकृत न्यून छ । नेपालले ओमनमा मुख्यतः गलैंचा, पश्मिना, हस्तकला, चिया, कफी, मसला, हस्तनिर्मित कागज तथा केही कृषि उत्पादन निर्यात गर्दै आएको छ भने ओमनबाट मल, रसायन तथा औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । व्यापार सन्तुलन नेपालका पक्षमा नभए पनि पछिल्ला वर्षहरूमा नेपाली उत्पादनलाई खाडी बजारमा प्रवद्र्धन गर्ने प्रयास तीव्र बन्दै गएको छ । विशेषगरी ओमनमार्फत संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, बहराइन र कुवेतलगायत खाडी मुलुकमा समेत नेपाली उत्पादनको पहुँच विस्तार गर्न सकिने सम्भावना रहेको छ ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...