नाम जस्तै स्वाद, सेतो बाघ ब्राण्डमा भोड्का बजारमा
Thursday May 19, 2022
वि.सं.२०७९ जेठ ५ बिहीवार १४:४७
कास्की । नेचुरल स्पिरिट्स, नेपालले बाघ ब्राण्डको भोड्का उत्पादन गरी विक्रि वितरण सुरु गरेको छ ।
कम्पनीद्वारा उत्पादन गरिएको सारंगी ब्राण्डको ह्वीस्कीले क्रमशः मदिरा पारखीहरुको मन जित्दै गैरहेको अवस्थामा कम्पनीले अर्को उत्कृष्ट ब्राण्डको भोड्का बजारमा उपलब्ध गराउने भएको हो । नेपाली खाँटी स्वादको मदिराको रस्वादन गर्न लालयित ग्राहकहरुलाई लक्षित गरेर कम्पनीले पोखरकोे सबै मुख्य पसलहरुमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु गरेको छ ।
बजारमा उपलब्ध भैरहेका अन्य भोड्का अरुभन्दा भिन्न तर उत्कृष्ट स्वादको भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको कम्पनीले जनाएको छ ।
यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई एक चुस्कि मै गहिरो झड्का दिन्छ । हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु हाम्रो कन्चन निर्मल भोड्कामा स्पष्ट देख्न सकिन्छ, जसले यसको समुहमा यसलाई आफ्नै किसिमको हस्त निर्मित भोड्का बनाएको छ । सेतो बाघ सरस एवं उत्तम तरिकाले बनाइएको छ, जसको पहिलो चुस्किदेखि अन्तिमसम्म पनि सन्तुष्टि दिने कम्पनीको दाबी छ ।
कम्पनीले मदिरा उत्पादन बिक्री वितरण संगसंगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि त्यत्तिकै जिम्मेवार रहेको र देशमा भएका बाघहरुको संरक्षणमा चासो राखेको जनाएको छ ।




























