CG Electronics
IME Life
NIMB

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले वैशाख १६, २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिमा करसम्बन्धी विवरण व्यवस्थापनलाई सहज बनाउन यस्तो अनुरोध गरिएको जनाएको छ।

बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको कर विवरण “आयकर ऐन २०५८” अनुसार आन्तरिक राजश्व विभागको प्यान प्रणालीमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएकाले समयमै प्यान अद्यावधिक गर्न आवश्यक छ। ग्राहकहरूले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत “PAN Update” विकल्प प्रयोग गरेर सजिलै प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, नजिकको शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।

बैंकले प्यान अद्यावधिक गरेपछि करकट्टीको विवरण स्वतः राजश्व प्रणालीमा प्रविष्ट हुने र आयकरको अनुसूची–१० मा मिलान हुने जानकारी दिएको छ। यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र बैंकसम्म धाउनुपर्ने झन्झट हट्ने विश्वास बैंकको छ।

विज्ञप्तिमा प्यान अद्यावधिक नगरिएका कारण कर विवरण प्रणालीमा समावेश नभएमा वा भविष्यमा कर समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ। यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपमार्फत “Change Email Option” प्रयोग गरी इमेल अद्यावधिक गर्न सकिनेछ। साथै, शाखा कार्यालयमार्फत पनि यो सेवा लिन सकिने बैंकले जनाएको छ।

यदि यसअघि प्यान उपलब्ध गराए पनि कर विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको खण्डमा नजिकको शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले ग्राहकहरूको सुविधा र पारदर्शिता बढाउन यस्तो व्यवस्था गरिएको बताएका छन्।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...