NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर एशोसिएसनले पठाएको तथ्यांक अनुसार गत वैशाखमा ४३ खर्ब ७० अर्ब निक्षेप रहेको बैंकहरूमा यो रकम बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ।

त्यस्तै, बैंकहरूको कर्जा लगानी भने यो अवधिमा ६ अर्बले बढेर ४१ खर्ब ९८ अर्ब रूपैयाँ पुगेको छ। यससँगै बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी) अनुपात ९०.४१ प्रतिशत रहेको छ। यस्तो अनुपात आगामी असारसम्म ९० प्रतिशतको सीमामा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

बैंकहरूको अन्तर बैंक कारोबारमा पनि सुधार आएको छ। एकअर्कासँग सापट लिन प्रयोग हुने यो सुविधा अन्तर्गत ब्याजदर गत शुक्रबार ६.९८ प्रतिशत छ। यसलाई व्यवस्थित गर्न राष्ट्र बैंकले ल्याएको ब्याजदर कोरिडरको माथिल्लो सीमा ७ प्रतिशत छ। पछिल्लो समय अधिकांश समय अन्तर बैंक ब्याजदरको सीमा योभन्दा केही माथि रहन थालेको छ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकमा रहेको बैंकहरूको निर्भरता खासै घट्न सकेको छैन। जेठ १६ मा बैंकहरूले राष्ट्र बैंकबाट ७ दिनको लागि ७ प्रतिशतमा पाउँने स्थायी तरलता सुविधा (एसएलएफ) अन्तर्गत ४१ खर्ब ८७ अर्ब लिएका छन्। चालु आवमा हालसम्म बैंकहरूले ७४ खर्ब ७९ अर्ब चलाइसकेका छन्। यसमध्ये २ खर्ब १८ रूपैयाँ अहिले पनि बैंकहरूले चलाइरहेका छन्।

 

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...