सेञ्चुरी बैंकको शाखा पथरी र इनरुवामा
Wednesday Jun 01, 2022
वि.सं.२०७९ जेठ १८ बुधवार १७:५१
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका(१ मापथरी र सुनसरीजिल्लाकोे इनरुवानगरपालिका–१, भगवतीरोडमा इनरुवा शाखा सन्चालनमा ल्याएको हो ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरेका छन् । यस्तै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त उद्घाटन गरेका छन् ।
























