NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्न सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो। यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ। यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नका लागि सहयोग मिल्नेछ।

 

एनएमबिले दिगो बैंकिङमार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ। बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रुपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको छ।

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ।

‘एनएमबि नवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो। यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ। यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्द्धनका लागि प्रोत्साहित गर्नुका साथै यो सम्झौतापश्चात बैंकको हरित कर्जा अझ बढी लक्षितवर्गमा पुग्नेमा विश्वस्त छौँ’, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषका लागि ह्यान्डलिङ बैंकको भूमिकामा समेत कार्य गर्दै आइरहेकोे छ। बैंकले देशैभरि रहेका २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक एवं उच्चस्तरीय बंैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...

सामसङको नयाँ ‘ओनरसिप इकोसिस्टम’ : पुराना मोबाइल पुनःप्रयोग गर्दै नयाँ बिक्री बढाउने रणनीति

सामसङको नयाँ ‘ओनरसिप इकोसिस्टम’ : पुराना मोबाइल...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२१

    काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:१७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:१२

  काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...