CG Electronics
IME Life
NIMB

‘एक खाता, एक रुख’को प्रतिबद्धता सहित लक्ष्मी बैंकको ‘ग्रीन सेभिङ’ बचत खाता पुनः सुचारु

NIMB
Himalayan Bank

 

काठमाण्डौ । ‘एक खाता, एक रुख’को प्रतिबद्धता सहित लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’को प्रतिबद्धताअनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिंग खाताबापत बैंकले एउटा रुख रोप्नेछ। यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरुअन्तर्गत पर्ने क्षेत्रहरु र गतिविधिमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ।

यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ। यसै प्रतिबद्धताअन्तर्गत बैंकले पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ। सो साझेदारीमार्फत बैंकले औपचारिक रुपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ। जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्नेछ।

यसका साथै ग्राहकलाई डिजिटल बैंकिङ माध्यम अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागि लक्ष्मी बैंकले विभिन्न अफरहरु पनि ल्याएको थियो। विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १०५ (प्रतिव्यक्ति रु. ५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो। यतिमात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो।

हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरुको सम्मिश्रणले सो खाता पूर्ण रुपमा कागजविहीन रहेको छ। यसका साथै यस खातामा ग्राहकले ८.०३५ को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज ९मोबाइल मनी र इन्टरनेट बैंकिङ० निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज ९जसअन्तर्गत मोबइल मनी, डेबिट कार्ड, इन्टरनेट बैंकइङ तथा ई–मेल अलर्ट सुविधाहरु पर्दछ० १ वर्षका लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन्।
ग्रीन बचत खाताको बारेमा थप जानकारी www.laxmibank.com/deposit/green-savings/ मा उपलब्ध छ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...