CG Electronics
IME Life
NIMB

लक्ष्मी बैंकले प्रत्येक ग्रीन बचत खाता वापत ८.०३ प्रतिशत व्याज

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिंङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिवद्दता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिंङ खाताको वापत एउटा रुख रोप्ने जनाएको छ ।

यसका साथै ग्रीन सेभिंङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ बैंकले जानकारी दिएको छ ।

यो पहल मार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिवद्धतालाई निरन्तरता दिने जनाएको छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले पिसिएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ ।

साथै, ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमहरु अपनाई ग्रीन बैंकिङ्गतर्फ प्रोत्साहन गर्नका लागि बैंकले विभिन्न अफरहरु पनि ल्याएको छ । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि भुक्तानी गर्दा १० प्रतिशत (प्रति व्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था रहेको छ ।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकइङ्ग तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागी निःशुल्क नविकरण गर्न पनि सक्नेछन् ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...