nic bank
himalayan everesat
Nmb bank

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताउनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा बैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।”

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दावी गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदीवासी जनजाती वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री यादवले हाल विभिद कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाती, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पुरा गर्नु पर्ने धारणा अघि सार्नुभयो ।

सोही कार्यक्रममा मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिक व्यवस्थापनका लागि नेपालमा करिव २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिनुभयो ।

मन्त्री यादवले विषेश गरी तराई तथा मधेशका नजिक एवं टाढा दुबै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनेत गर्नु बताउनुभयो । विश्वमा नै नमूनाको रुपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराउनुभयो ।

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:१९

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:०७

  अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले...